मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

कोलकातामा करेन्ट लागी १० जनाको मृत्यु, १२ घण्टाको वर्षाले सहर डुबान

भारतको कोलकातामा लगातार १२ घण्टा वर्षापछि आएको डुबानमा करेन्ट प्रवाह हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ। समाचार संस्था सिन्ह्वाका अनुसार मुसलधारे वर्षाले सहरको ठूलो भाग डुबानमा परेको छ, जसले जनजीवन पूर्ण रूपमा प्रभावित बनाएको छ।

बेनियापुकुर, कालिकापुर, नेताजी नगर, गरियाहाट, एकबलपुर, बेहला र हरिदेवपुर क्षेत्रमा छुट्टाछुट्टै घटनामा करेन्ट लागेर मानिसको ज्यान गएको भारतीय अधिकारीहरूले जनाएका छन्।

भारतीय मौसम विज्ञान विभागका अनुसार २४ घण्टाभन्दा कम समयमा २५१.४ मिलिमिटर वर्षा भएको थियो। यसले गर्दा सडकमा पानी जम्नका साथै गाडीहरूको आवागमन र दैनिक गतिविधि ठप्प भएको छ।

भारी वर्षाले कोलकाता विमानस्थलमा पनि ठूलो असर पारेको छ। रिपोर्टहरूअनुसार १०० भन्दा बढी उडानहरू प्रभावित भएका छन्, जसमा ६२ उडान रद्द र ४२ उडान ढिलाइ भएका छन्।