मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

यी हुन् सामाजिक विकासमा उत्कृष्ट चीनका १० सहर

बेइजिङ : चीनको राजधानी बेइजिङ सामाजिक विकासका हिसावले पहिलो स्थानमा परेको छ। 

 

इस्ट चाइना युनिभरसिटी अफ साइन्स एण्ड टेक्नोलोजीको इन्स्टिच्युट अफ सोसियल वर्क्स एण्ड सोसियल पोलिसीका अनुसार बेइजिङपछि पहिलो, दोस्रो र तेस्रो स्थानमा क्रमशः साङहाई, क्वाङचौ र हाङचौ परेका छन्। 

यसैगरी छैटौमा छोङछिङ, सातौमा नानजिङ, आठौमा उहान, नवौमा छङ तु र दशौमा थिएनचिन परेका छन्। 

आर्थिक कार्यसम्पादनका आधारमा मात्र यी सहरहरूको मूल्यांकन नभएको चाइना डेलिले उल्लेख गरेको छ। 

सामाजिक सेवा, सार्वजनिक चिकित्सा सेवा र जनसङ्ख्याको सम्भावना जस्ता मापदण्डसहित सामाजिक विकास स्तरमा ध्यान दिएर सूची निर्माण गरिएको हो।