मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

इजरायली आक्रमणमा गाजामा ५१ जनाको मृत्यु, मानवीय सङ्कट चुलियो

इजरायलले गाजामाथि गरेको पछिल्लो आक्रमणमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । अल जजिराका अनुसार मृतकमध्ये २७ जना गाजा सिटीमै मारिएका छन् भने राहतको खोजीमा रहेका २४ नागरिक ज्यान गुमाएका छन् ।

इजरायली सेनाले गाजा सिटीका जैतुन र सब्रा क्षेत्रमा आक्रमण तीव्र पार्दै शहर नियन्त्रणमा लिएर स्थानीयलाई दक्षिणतर्फ धकेल्ने योजना अघि बढाएको जनाएको छ ।

डेइर अल–बलाहमा सहायता वितरणमा संलग्न समूहमाथि भएको आक्रमणमा तीन जनाको ज्यान गएको छ भने अल–करामे क्षेत्रमा दुई जनाको मृत्यु भएको बताइएको छ ।

मानवीय सङ्कटबारे आकस्मिक बैठक

यसैबीच गाजामा भइरहेको मानवीय संकटबारे छलफल गर्न अरब र इस्लामिक देशहरूको संगठन अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशन (OIC) को आकस्मिक बैठक साउदी अरबको जेद्दामा बसेको छ ।

संयुक्त राष्ट्रसङ्घीय राहत संस्थाका प्रमुख फिलिप लाज्जारिनीले गाजामा भोकमरीको अवस्था अत्यन्तै गम्भीर भइसकेको बताउँदै अहिलेको परिस्थिति “सबै किसिमको नर्क” भएको टिप्पणी गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।