मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

'म अपमानित भएर पोखरा आए, कांग्रेस ९९ बाट एकैचोटी तल झर्यो'

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू अपमानित भएर  पोखरा आएको बताएका छन् । थापाले हिजोको राजनीतिक घटनालाई स्मरण गर्दै आफू सभापतिबाट अपमानित भएको उल्लेख गरेका हुन् । 

सोमबार पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा ‘राजनीतिमा समाजको ऐना’ बहसमा सहभागी हुँदै थापाले आफू अपमानित भएर पोखरा  आएको बताएका हुन् । 

महामन्त्री थापालाई मोडरेटर वसन्त बस्नेतले तपाई पोखरा हारेर आउनुभएको कि जितेर ? भन्ने प्रश्न गरेका थिए । थापाले जवाफमा ‘यो भन्दा पछिल्लो सेसन केही जितेजस्तो केही हारेजस्तो भन्ने छ । त्यो ठ्याक्कै मलाई फिट हुने जस्तो छ । मलाई फिट हुने चाहिँ त्यो सेसन हो । मेरो आफ्नो व्यक्तिगत कुरा चाहिँ लुडोमा भर्‍याङ चढेर अलिकति माथि पुगेको, अनि विश्व दाइ र प्रदीपले समर्थन गरेपछि थप भर्‍याङ चढौँला भनेर सोचेको नागबाट एकैचोटी झरेर तल आएको जस्तो भएको छ,’ थापाले भने ।