निरन्तर वर्षा कम भएर आकाश खुल्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ सेवा नियमित भएको छ।
हिजोदेखि प्रतिकूल मौसमका कारण आन्तरिकतर्फका उडान रोकिएका थिए भने अन्तर्राष्ट्रिय उडानहरू पनि अन्य विमानस्थलमा डाइभर्ट भएका थिए।
पानी पर्न रोकिएपछि आज बिहानदेखि उडान र अवतरण सामान्य रूपमा नियमित भएको विमानस्थलले जनाएको छ।
