मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

इजरायलमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव स्वदेश ल्याइयो

इजरायलमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज (सोमबार) नेपाल ल्याइएको छ। उनकाे शव केहीबेरअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।

विमानस्थलमा प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीहरू तथा सुरक्षाकर्मीहरू पुगेका थिए। उनीहरूले विपिनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

विपिनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित आफ्नै घरमा लगिने र त्यहीं अन्तिम दाहसंस्कार गरिने बताइएको छ।

अध्ययनका लागि इजरायल पुगेका विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए। लामो समयसम्म उनको अवस्था अज्ञात रहँदा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए।