मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

स्वास्थ्य बीमा बोर्डद्वारा अतिरिक्त शुल्क अस्थायी रुपमा स्थगित

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा नवीकरण नगरेका बीमित परिवारहरूलाई थप शुल्क लिने व्यवस्था तत्कालका लागि स्थगित गरेको जनाएको छ। बोर्डको निर्णयअनुसार अर्को सूचना जारी नहुँदासम्म नवीकरण नगरेकाहरूलाई अतिरिक्त शुल्क नलिने निर्देशन दर्ता सहयोगी तथा दर्ता अधिकारीहरूलाई दिइएको छ।

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, “पछिल्लो अवस्थामा बोर्डलाई आवश्यक संरचना तयार गर्न थप समय लाग्ने भएकाले यो निर्णय तत्काल लागू नगर्न भनिएको हो। यसबाट लामो समयदेखि नवीकरण नगरेकाहरूले अब नवीकरण गर्दा अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता हटेको छ।”

यसअघि बोर्डले भदौ ११ गते सूचना जारी गर्दै स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकको बीमालेख नवीकरण सम्बन्धी कार्यविधि–२०८२ कार्यान्वयन भएको घोषणा गरेको थियो। उक्त कार्यविधिअनुसार, असोज मसान्तसम्म नवीकरण नगरेमा थप शुल्क लाग्ने व्यवस्था थियो।