निरन्तर वर्षापछि ढोरपाटन नगरपालिका–७ धाराबोटमा पहिरो खस्दा राष्ट्रिय प्राथमिकताको आयोजना अन्तर्गतको सालझन्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ।
सडक अवरुद्ध भएपछि ढोरपाटन सिकार आरक्ष घुम्न गएका र फर्किने क्रममा रहेका पर्यटक बीचमै अलपत्र परेका छन्। इलाका प्रहरी कार्यालयका प्रमुख आनन्द बस्नेतका अनुसार हिजो साँझ खसेको ठूलो पहिरो अहिले बिहानसम्म पनि पन्छाउन सकिएको छैन।
“पहिरो ठूलो भएकाले सडक खुलाउन समय लाग्ने देखिन्छ,” प्रमुख बस्नेतले जानकारी दिनुभयो। वैकल्पिक सडक मार्ग नहुँदा स्थानीयबासीको पनि आवतजावतमा समस्या भएको उहाँले बताउनुभयो।
हिजो साँझ नै सडक खोल्ने प्रयास गरिए पनि लगातारको वर्षाले सम्भव नभएको र आज बिहानदेखि उपकरण परिचालन गरी सडक खोल्ने काम सुरु गरिएको प्रहरीले जनाएको छ।
