सुनको मूल्य आज अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढ्दै तोलाको २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको छ।
हिजो सुनको मूल्य तोलाको २ लाख ४८ हजार ९ सय रुपैयाँ थियो। लगातारको वृद्धि संगै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको महासङ्घले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर ३ हजार २ सय ७५ रुपैयाँ पुगेको छ। हिजोको मूल्य तोलाको ३ हजार २ सय ४० रुपैयाँ रहेको थियो।
अस्ति मात्रै चाँदीको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेर ३ हजार ३ सय २५ रुपैयाँ मा कारोबार भएको थियो।
