मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

मिचेल स्टार्कले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा

अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन्। ३५ वर्षीय स्टार्कले मंगलबार आधिकारिक रूपमा सन्न्यासको घोषणा गरेका हुन्।

स्टार्कले टेस्ट क्रिकेट आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै पनि २०२१ मा भएको टी–२० विश्वकप खेल्दा विशेष अनुभव भएको स्मरण गरेका छन्। यद्यपि, उनले टेस्ट र एकदिवसीय क्रिकेट भने खेलिरहने स्पष्ट पारेका छन्।

सन् २०१२ मा पाकिस्तानविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट डेब्यू गरेका स्टार्कले अहिलेसम्म ६५ खेल खेलेका छन्। उनले ती खेलमा ७९ विकेट लिएका छन्।