मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

मतदाता नामावली दर्ताको समय थप गर्न प्रधानमन्त्री कार्कीको आग्रह, आयोग ५ दिन बढाउने तयारी

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्ताकाे समय थप गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन्। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग गरिएको टेलिफोन संवादमा उनले दर्तामा देखिएको उत्साह र अत्यधिक चापका कारण म्याद थप आवश्यक रहेको बताइन्।

आयुक्त भण्डारीले प्रधानमन्त्रीलाई आयोग यसबारे सकारात्मक रहेको र पाँच दिनसम्म समय थप्न सकिने जानकारी दिएका छन्। राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइन दर्ता सुरु भएपछि हिजोदेखि सेवाग्राहीको चाप उच्च बनेको छ। आयोगले तोकेको मौजुदा समय कात्तिक ३० गतेसम्म रहेको छ।

प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याबारे पनि चासो प्रकट गरेकी छन्। भण्डारीका अनुसार सर्भरसम्बन्धी समस्या समाधानका प्रयास जारी छन्।