मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

शिद्धेस्वर मन्दिरको पुनर्संरचनाको निमित्त श्रीमदभागवत सप्ताह

मकवानपुर वाग्मती गाउँ पालिका वार्ड न १ - बोड गाउँ अवस्थित शिद्धेस्वर महादेव मन्दिर परिषरमा "शिद्धेस्वर शिव मन्दिरको पुनरसंरचना र मन्दिरको चौतर्फी बिकासका निमित्त" अक्षयकोश स्थापनाका लागि "धान्याञ्चल श्रीमदभागवत सप्ताह ज्ञानमहायज्ञ" भईरहेको छ ।

श्रीमदभागवत सप्ताह यही मिती २०८० मंसिर २७ गते देखी पौष ५ गते सम्म आयोजना भईरहेको छ । उक्त श्रीमदभागवत सप्ताह महपुराण ज्ञानमहायज्ञ समारोह प्रखर पण्डित श्री कपिल देव भट्ट महाराज ज्यू बाट कथा वाचन भईरहेको छ भने उप-वाचकमा डेगनाथ ढकाल ज्यूका साथै भजन मण्डली र कथालाई मुर्त रूपदिनको लागि उत्कृष्ट प्रस्तोताहरुको प्रस्तुती सँगै देश व्यापी धार्मिक माहाअभियान अनुष्ठान १००८ श्रीमद्भभागवत सन्कल्पकर्ता श्री श्याम सुन्दर आचार्यको संयुक्त योगदान रहेको छ।


महापुराणको प्रथम दिन व्यवस्थापन समिती र स्थानियको सहयोगले झाकी तथा पन्जेबाजा सहित कलश यात्रा सम्पन्न गरिनुका साथै स्थानिय प्रहरी प्रशासनको सहयोगमा उक्त कलश यात्रा भव्यरूप्मा सम्पन्न गरिएको श्रीमद्भभागवत सप्ताह महापुराणका संयोजक पण्डित उत्तम प्रसाद पौडेलले बताउनु भएको हो ।

शिद्धेस्वर महादेव मन्दिर पुनरसंमरचना र मन्दिरको चौतर्फी बिकासका निमित्त अक्षयकोश स्थापनाका लागि "धेरै सके धेरै गरौ, थोरै सके थोरै गरौ- जती सके त्यती गरौ, केही न केही त अवश्य गरौ" भन्ने मूल आधारका साथ "धान्याञ्चल श्रीमद्भभागवत सप्ताह महापुराण ज्ञानमहायज्ञ" मा कथा वाचक प्रखर पण्डित श्री कपिल देव भट्ट महाराज ज्यू, संयोजक पण्डित उत्तम प्रसाद पौडेलज्यू, संरक्षक समितिका अध्यक्ष राम कुमार दर्जीले संयुक्त रूपमा माहापुण्यका कार्यमा पुण्यफल प्राप्तिका लागि "चुले निम्तो" आव्हान गर्नुभएको छ ।