मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

पर्सामा कैदीको मृत्युपछि आफन्तको प्रदर्शन

पर्सा कारागारमा रहेका २८ वर्षीय कैदी राहुल साहको मृत्युपछि आफन्तहरूले नारायणी उपक्षेत्रीय अस्पताल अगाडि टायर बालेर प्रदर्शन गरेका छन्।

कर्तव्य ज्यान मुद्दामा २५ वर्ष सजाय भोगिरहेका साह मंगलबार बिहान व्यायामका क्रममा वान्ता गर्दै बेहोस भएका थिए। उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।

आफन्तहरूले भने कारागार प्रशासनको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन्। हाल प्रहरी र आफन्तबीच छलफल भइरहेको छ।