लगातार दुई दिन घटेको शेयर बजार आज बढेको छ। आज नेप्से परिसूचक १२.०३ अङ्कले उकालो लागेर २७६१.८६ विन्दुमा पुगेको छ।
आज अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ भने बैंक समूहको शेयर १.५ प्रतिशतले उकालो लागेको छ। आज १४३ कम्पनीका शेयर बढ्दा, १६० कम्पनीका शेयर घटेका छन्। यस्तै, दुई कम्पनीका शेयरमा कुनै परिवर्तन भएको छैन।
विशेषत: हिम स्टार ऊर्जा कम्पनीको शेयर आज ६ प्रतिशतले बढेको छ भने उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयर ७.६८ प्रतिशतले घटेको छ।
नेप्से बढ्दा पनि कारोबार रकम घटेको छ। हिजो ६ अर्ब ६ करोड रुपैयाँको कारोबार भएकोमा, आज ३२६ कम्पनीका १ करोड १४ लाख कित्ता शेयर ५ अर्ब १० करोड रुपैयाँमा किनबेच भएका छन्।
