प्रधानमन्त्री सुशीला कार्की ले जानकी मन्दिर मा पूजाअर्चना गरेकी छन्।
प्रधानमन्त्री बनेपछि पहिलोपटक जनकपुरधाम पुगेकी उनले जानकी मन्दिरमा दर्शन गरेकी हुन्।
सो अवसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले आफ्नो यो यात्रा पूर्ण रूपमा धार्मिक उद्देश्यका लागि भएको स्पष्ट पारिन्।
