मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

बारा र पर्सामा ९० प्रतिशतले लगाए हैजाविरुद्धको खोप, कभरेज अहिलेसम्मकै उच्च

बारा र पर्सा जिल्लाका हैजा प्रभावित क्षेत्रका झन्डै ९० प्रतिशत मानिसले हैजाविरुद्धको खोप लगाएका छन्।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. अभियान गौतम का अनुसार दुई चरणमा सम्पन्न भएको खोप अभियानमा बारामा ८८.२५ प्रतिशतपर्सामा ९० प्रतिशत मानिसलाई खोप लगाइएको छ। उहाँका अनुसार बारामा ३ लाख २२ हजार ९२६ र पर्सामा ५ लाख ८९ हजार ३५४ जनाले खोप लिएका छन्।

गत भदौमा बारा र पर्सामा हैजाको प्रकोप फैलिएपछि स्वास्थ्य सेवा विभागले बाराका ६ र पर्साका १४ पालिकामा हैजाको महामारीविरुद्ध प्रतिकार्य खोप अभियान सञ्चालन गरेको थियो। एक वर्षमाथिका सबैलाई लक्षित गरी पहिलो चरण असोज २६ देखि कात्तिक २ र दोस्रो चरण कात्तिक १३ देखि कात्तिक २७ गतेसम्म खोप लगाइएको थियो।

डा. गौतमले बारा र पर्सामा लगाइएको यो हैजाविरुद्धको खोप अहिलेसम्मकै सबैभन्दा धेरै 'कभरेज' रहेको बताउनुभयो। यसअघिका अभियानहरूमा ७० देखि ८० प्रतिशत मात्र कभरेज हुने गरेकोमा यस पटक घरघर गएर खोप लगाएकाले यो सफलता मिलेको उहाँको भनाइ छ।