मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

जेनजी आन्दोलन तीव्र भएपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाए

     

काठमाडौँ — देशभर चर्किंदो जेनजी आन्दोलनका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय छलफलको पहल गरेका छन्। प्रधानमन्त्रीले आज साँझ ६ बजेका लागि बैठक आह्वान गरेका हुन्।

अपिलमार्फत् प्रधानमन्त्री ओलीले हिंसात्मक गतिविधि राष्ट्रको हितविपरीत हुने भन्दै विवादको समाधान शान्तिपूर्ण संवादमार्फत खोज्नु उपयुक्त विकल्प भएको बताएका छन्।

हाल भइरहेका प्रदर्शन र पछिल्ला घटनाबाट आफू दुःखी भएको उल्लेख गर्दै उनले सम्पूर्ण नागरिकलाई संयमित रहन पनि आग्रह गरेका छन्।