मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

एससिओ शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीको सम्बोधन

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज शाङ्घाइ सहयोग संगठन (एससिओ) शिखर सम्मेलनलाई सम्बोधन गर्ने भएका छन्।

चीनको थियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा हिजोदेखि सुरु भएको सम्मेलनमा सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसैअनुसार प्रधानमन्त्री ओली आज आफ्नो मन्तव्य प्रस्तुत गर्नेछन्।

प्रधानमन्त्री ओलीले आजै रूसका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, र लाओस जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको उहाँको निजी सचिवालयले जनाएको छ।