बेलायतले नर्वेको नौसेनालाई कम्तीमा ५ नयाँ ‘टाइप 26’ फ्रिगेट’ आपूर्ति गर्न £10 अर्ब बराबरको सम्झौता गरेको छ।
बीबीसका अनुसार मूल्यको हिसाबले यो बेलायतको अहिलेसम्मकै सबैभन्दा ठूलो युद्धपोत निर्यात सम्झौता हो। नर्वेका लागि पनि यो अहिलेसम्मको सबैभन्दा ठूलो रक्षा क्षमता लगानी बन्नेछ।
रक्षा मन्त्रालयले जनाएको छ कि सम्झौताले स्कटल्यान्डका १०० भन्दा बढी र कुल ४०० भन्दा धेरै ब्रिटिश व्यवसायहरूलाई सहयोग गर्नेछ।
बीबीससँगको कुराकानीमा रक्षामन्त्री लुक पोलार्डले यो सम्झौताबारे भने, “इतिहासकै सबैभन्दा ठूलो ब्रिटिश युद्धपोत सम्झौता हो। यसले बेलायती कामदार र रक्षा उद्योगमा ठूलो विश्वास देखाउँछ।”
तर नर्वेजियन नौसेना एकेडेमीका कप्तान टोर इभर स्ट्रोमेनले सम्झौतामा आलोचना पनि गरेका छन्। उहाँका अनुसार फ्रान्सेली र जर्मन फ्रिगेटहरू बेलायती फ्रिगेटभन्दा उत्कृष्ट मानिन्छन्।
