मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

उद्घाटन खेलमा कर्णाली यशविस र पोखरा निन्जाज भिड्ने

एभरेस्ट महिला भलिबल लिग (इडब्लूभी) को दोस्रो संस्करण यही भदौ २० गते (शुक्रवार)देखि पोखरामा सुरू हुँदैछ। उद्घाटन खेलमा साविक विजेता कर्णाली यशविसपोखरा निन्जाज आमनेसामने हुने भएका छन्। खेल दिउँसो २ बजेबाट बहुउद्देश्यीय कभर्डहलमा हुनेछ।

त्यसपछि दिउँसो ४ बजे हुने दोस्रो खेलमा साविक उपविजेता ललितपुर क्विन्समधेश युनाइटेड भिड्नेछन्।

इन्फिनिटी ड्रिम्स प्रा. लि. को आयोजनामा हुने यो प्रतियोगिता भदौ २० देखि २८ गतेसम्म चल्नेछ। प्रतियोगितामा ६ फ्रेन्चाइज टोली—कर्णाली यशविस, ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज—बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन्।