लगातार घट्दै आएको सुनको मूल्य आज केही वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर दुई लाख ३७ हजार आठ सय रुपैयाँ पुगेको छ। हिजो सो मूल्य दुई लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज तोलामा २० रुपैयाँले बढेर तीन हजार १० रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य दुई हजार नौ सय ९० रुपैयाँमा थियो।
सुन–चाँदीको मूल्य पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारको उतार–चढावसँगै नेपालमा पनि क्रमिक रूपमा परिवर्तन भइरहेका छन्।
