मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

जेन–जी आन्दोलनका घाइते र मृतक परिवारलाई सरकारको राहत

जेन–जी आन्दोलनका क्रममा घाइते भएकालाई भैपरी खर्चका लागि सरकारले ४८ लाख ५८ हजार रुपैयाँ निकासा गरेको छ। स्वास्थ्य मन्त्रालयको प्रतिवेदनका आधारमा प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले झापा, मोरङ, सुनसरी, काठमाडौं, कास्की, सुर्खेत, कैलाली र डडेलधुरा लगायतका जिल्लामा रकम पठाइएको गृह मन्त्रालयले जनाएको छ।

हालसम्म २,४२९ घाइतेको विवरण प्राप्त भएको छ। उनीहरूको पुनः उपचारका लागि ‘जेन–जी क्लिनिक’ सञ्चालन र निःशुल्क आवतजावतको व्यवस्था गरिएको छ। सरकारका अनुसार उपचारमा एक अर्बभन्दा बढी खर्च भइसकेको छ।

प्रधानमन्त्री सुशीला कार्कीले उपचारमा कमी हुन नदिन निर्देशन दिएकी छन्। साथै, मृतक ५३ परिवारलाई १५ लाखका दरले राहत र किरिया खर्च पठाइएको छ, जसमा ४९ परिवारले रकम प्राप्त गरिसकेका छन्।

मन्त्रिपरिषद्ले जेन–जी पुस्ताको स्मरणमा काठमाडौं उपत्यकामा ‘जेन–जी जागरण स्मारक पार्क’ निर्माण गर्ने निर्णय पनि गरेको छ।