काठमाडौं – ललितपुरस्थित नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन्।
सीआईबीले उनलाई सानेपाबाट बुधबार पक्राउ गरी नख्खु कारागार बुझाएको सीआईबीका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिएका छन्। शर्मा सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका थिए।
उनी फरार हुनु अघि पनि सीआईबीले १२ असार २०८० मा भारतको मुम्बईबाट पक्राउ गरेको थियो। शर्मा विरुद्ध सहकारी ठगीका साथै २२ अर्बभन्दा बढीको सम्पत्ति शुद्धीकरणको मुद्दा पनि चलाइएको थियो।
