नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार पदभार ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीतलनिवासमा शपथग्रहण गरेलगत्तै उनले मन्त्रालय पुगेर काम सुरु गरेका हुन्।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ खनालसहित तीन जनालाई मन्त्रीमा नियुक्त गरेकी थिइन् । सोमबार शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका थिए।
