निशमले एनपिएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्सको प्रतिनिधित्व गरेका थिए। बलिङ र ब्याटिङ दुवै विभागमा उत्कृष्ट प्रदर्शन गरेका उनले जनकपुरलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गरेको प्रावधानका कारण जनकपुरले यसपटक उनलाई पुनः अनुबन्ध गर्न पाएन।
आईसीसीले टेस्ट राष्ट्रका अधिकतम चार सक्रिय खेलाडी मात्रै फ्रेन्चाइजहरूले भित्र्याउन सक्ने नियम दोहोर्याएको छ। अहिले पनि निशम न्युजिल्याण्डको टी–२० टोलीमा सक्रिय रहेकाले यो कोटामा परेका छन्। आठ फ्रेन्चाइजबीच गरिएको गोलाप्रथामा जनकपुर बोल्ट्सले सक्रिय खेलाडी ल्याउन पाउने अवसर नपरेकाले उनीहरू निशमलाई चाहेर पनि समावेश गर्न असमर्थ बने।
फ्रेन्चाइज चयनमा आएको परिवर्तनसँगै दोस्रो संस्करणमा निशम पोखरा एभेन्जर्सका मुख्य आकर्षण बन्ने निश्चित भएको छ।
