यो फैसला ‘फेयर वर्क’ ऐन अन्तर्गत अस्ट्रेलियाली कम्पनीमाथि लगाइएको अहिलेसम्मकै ठूलो जरिवाना भएको बीबीसीले उल्लेख गरेको छ।
महामारीको समयमा क्वान्टासले १ हजार ८ सयभन्दा बढी ग्राउन्ड स्टाफलाई अवैध रूपमा बर्खास्त गरेको पुष्टि भएपछि अदालतले यो कदम चालेको हो।अस्ट्रेलियाली यातायात मजदूर सङ्घले अदालतको निर्णयलाई स्वागत गर्दै यसले अन्य कम्पनीहरूलाई श्रमिक अधिकारको सम्मान गर्न चेतावनी दिने जनाएको छ।
सङ्घीय अदालतका न्यायाधीश माइकल लीले भने, “यो फैसला श्रमिक अधिकार हनन गर्ने कम्पनीका लागि उदाहरणीय चेतावनी हो।”
क्वान्टास एअरलाइन्सले जरिवाना तिर्न सहमति जनाइसकेको छ। कम्पनीले अदालतको आदेशलाई सम्मान गर्दै आफ्नो गल्ती स्वीकार गरेको जनाएको छ।
यसैबीच, क्वान्टास समूहकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) भेनेसा हडसनले बर्खास्त भएका १ हजार ८ सय २० जना कर्मचारी र तिनका परिवारसँग माफी मागेकी छन्। उनले भनिन्, “तपाईंहरूले भोग्नु परेको कठिनाइ र पीडाका लागि हामी हृदयदेखि क्षमा चाहन्छौं।”
यो फैसला अस्ट्रेलियाको श्रम क्षेत्रमा ऐतिहासिक मोडको रूपमा हेरिएको छ, जसले भविष्यमा श्रमिक अधिकार सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।