मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

सुन-चाँदीको भाउ घट्यो, सोमबार कतिमा हुँदैछ किनबेच ?

नेपाली पैसा

काठमाडौं : सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख रुपैयाँ निर्धारण भएको थियो । सोमबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ९० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ १४ सय रुपैयाँ कायम रहेको थियो ।