विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आजको खेलमा नेपालले यूएईलाई दुई सय ३४ रनको लक्ष्य दिएको छ ।
युएईमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा २३३ रनमा अलआउट भएको हो ।
नेपालका कप्तान रोहितकुमार पौडेलले शतक प्रहार गर्दै उत्कृष्ट प्रदर्शन गरे । उनले १०९ रन जोडेका थिए ।
त्यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७, र दीपेन्द्रसिंह ऐरीले २३ रनको योगदान दिए ।
बलिङतर्फ यूएईका जाहिद अलीले चार विकेट, जुनैद सिद्दिकीले तीन विकेट, र मोहम्मद रोहिद र हैदर अलीले समान एक–एक विकेट लिएका छन् ।
अब केहीबेरमा यूएईले लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ ।
अंकतालिकामा नेपाल १७ खेलमा १२ अंकसहित सातौं स्थानमा, जबकि यूएई १७ खेलमा ६ अंकसहित पुछारमा रहेको छ ।
यसअघि नेपाल यो श्रृंखलाको पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो ।
लिग–२ को शीर्ष स्थानमा अमेरिका २२ खेलमा ३२ अंकसहित,
स्कटल्याण्ड २४ खेलमा ३० अंकसहित दोस्रो,
र नेदरल्यान्ड्स समान खेलमा २८ अंकसहित तेस्रो स्थानमा छन् ।
नेपालले यो श्रृंखलामा आफ्नो अर्को खेल शनिवार अमेरिकासँग, र त्यसपछि बुधवार यूएईसँग नै खेल्नेछ ।
