काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य डा. अरनिको पाँडेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ। शुक्रबार जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई २० हजार रुपैयाँ धरौटीमा छाड्ने निर्णय गरेको हो।
डा. पाँडे विरुद्ध एक महिलाले इमेल र ह्वाट्सएपमार्फत चरित्रहत्या हुने खालका शब्द प्रयोग गरेर सन्देश पठाएको भन्दै जाहेरी दिएकी थिइन्। सोही आधारमा प्रहरीले भदौ ९ गते पक्राउ अनुमतिका लागि अदालतमा निवेदन दिएको थियो।
यसअघि बुधबार डा. पाँडे आफैं साइबर ब्युरोमा उपस्थित भएका थिए।
