मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

संसदमा ज्ञानेन्द्र शाही र माधव सापकोटाको दोहोरी

प्रतिनिधि सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी र माओवादी केन्द्रका सांसद माधव सापकोटाबिच दोहोरी चलेको छ । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा सत्ता पक्षका सांसद राजन केसीले प्रतिपक्षी दल विधेयक अघि बढाउन जिम्मेवार नभएको बताएपछि राप्रपा सांसद शाहीले सत्तापक्षमाथि आक्रोश पोखे । 

सांसद शाहीले बालकुमारी घटनामा दुई युवालाई हत्या गर्नेलाई किन पक्राउ नगरेको भन्दै त्यसबारे रोष्टमबाट सरकारले जवाफ दिन माग गरे । 

उनले भने–‘यसको सरकारले जवाफ दिँदैन भने संसद् चल्दैन । संसद् भनेको रत्नपार्क होइन, यहाँ उठाएको आवाज जनताले दिनुपर्छ । यदि सरकारले जवाफ दिँदैन भने संसदको महत्त्व के हुन्छ रु हामीले जवाफ माग गर्दै जाने, सभामुखले टाउको हल्लाउने, मन्त्री, प्रधानमन्त्री, सरकारले जवाफ नदिने हो भने यो संसद् किन चलाउँनुपर्‍यो ? छुट्टी दिएर रत्नपार्क र खुलामञ्चमा हामीले भाषण गरे भइहाल्यो ।’

सांसद शाहीले बोलेपछि सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले सभामा हुल हुज्जत नगर्न विपक्षी दलका सांसदलाई आग्रह गरे । उनले आफूअघि बोलेका राप्रपा सांसद ज्ञानेन्द्र शाही हुल हुज्जत नगर्न आग्रह गर्दै भने–‘भर्खर माननीय ज्ञानेन्द्र शाहीले भन्नुभयो, संसद् चल्दैन, नचलाउनुस् केही छैन संसद् बन्द गर्न, अराजकता प्रदर्शन गर्न, हुल हुज्जत गर्न, मनलागि गर्न जनताबाट निर्वाचित भएर आएको हो रु तपाईँहरू शासन व्यवस्थाको कुरा पनि गर्नुहुन्छ, तपाईँहरूलाई यो शासन व्यवस्था गलत छ भन्ने लाग्दछ भने सांसदको पदबाट राजीनामा गरेर सडकमा जानुस् ।’

उनले यही संसदमा बसेर संसद् चल्न नदिन नमिल्ने बताउँदै विद्रोह गर्न पाउने अधिकारको प्रयोग गर्न आग्रह गरे ।