मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

ट्रम्पको भाषण काट्दा बीबीसीमा हल्लीखल्ली, महानिर्देशक र समाचार प्रमुखले दिए राजीनामा

काठमाडाै - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण काटेर गलत तरिकाले प्रस्तुत गरेको आरोपले विश्वकै चर्चित बीबीसीमा हल्लीखल्ली मच्चिएको छ । यहिकारण सञ्चार संस्था बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले राजीनामा नै दिएका छन्। । बीबीसीका अनुसार सन् २०२१ को जनवरी ६ मा ट्रम्पका समर्थकले अमेरिकाको संसद् भवन (क्यापिटल) मा हमला गर्नुअघि ट्रम्पले एउटा भाषण दिएका थिए। बीबीसीले पछि बनाएको एउटा वृतचित्र (डकुमेन्ट्री) मा त्यो भाषणको एउटा महत्त्वपूर्ण भाग हटाएको आरोप छ। आलोचकहरूका अनुसार बीबीसीले ट्रम्पले आफ्ना समर्थकलाई शान्तिपूर्ण तरिकाले प्रदर्शन गर्न भनेको अंश हटाइदिएको थियो, जसले गर्दा भ्रम सिर्जना भयो ।