सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै मन्त्री खरेल एमाले अध्यक्ष ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेका हुन्।
भेटका क्रममा नेताहरूसँग निर्वाचन केन्द्रित विषयमा छलफल भएको मन्त्री खरेलले बताएका छन्। उनले आजै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गर्ने कार्यक्रम रहेको जानकारी दिए।
यसअघि मन्त्री खरेलसहितको सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको एक राजनीतिक दलको कार्यालयको निरीक्षण गरेको थियो।
