मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

कर्फ्यु तोडेर सडकमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीको अश्रु ग्यास र हवाई फायर

बाराको सिमरामा सिर्जना भएको तनाव नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ। कर्फ्यु आदेशको अवहेलना गर्दै जेनजी आन्दोलनका प्रदर्शनकारी सडकमा निस्किएपछि प्रहरीले चार राउन्ड अश्रु ग्यास प्रहार तथा दुई राउन्ड हवाई फायर गरेको बाराका एसपी सन्तोष तामाङले जानकारी दिएका छन्।

प्रदर्शन नियन्त्रित गर्ने क्रममा एक डीएसपी, एक इन्स्पेक्टर, एक असई र एक हवल्दार गरी चार जना सुरक्षाकर्मी घाइते भएको बताइएको छ।

जेनजी समूहका युवामाथि भएको आक्रमणको विरोधमा प्रदर्शनकारीले दोषीलाई पक्राउ गर्न दवाब दिँदै आएका छन्। प्रहरी प्रशासनले हाल दुई जना वडाध्यक्षलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।