मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

महिला साइबर दुर्व्यवहार रोक्न सर्कल हर्टले बुझायो ,डिआईजी दिनेश आचार्यलाई ज्ञापनपत्र

बैशाख २५ –सर्कल हर्टले सामाजिक सञ्जालमार्फत महिलामाथि भइरहेका दुर्व्यवहार, साइबर हिंसा र मानसिक पीडाप्रति गम्भीर चासो व्यक्त गरेको छ ।

संस्थाकी अध्यक्ष अमृता भण्डारीले गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दिनेश आचार्यसँग भेट गर्दै यस विषयमा ध्यानाकर्षण गराउँदै औपचारिक ज्ञापनपत्र बुझाएकी छन्।
ज्ञापनपत्रमा भनिएको छ, “प्रविधिको विकाससँगै अभिव्यक्तिको स्वतन्त्रता बढेको भए तापनि सामाजिक सञ्जालको दुरुपयोग भई महिलामाथि हुने यौनजन्य टिप्पणी, धम्की, चरित्र हत्या र मनोवैज्ञानिक हिंसा बढ्दै गएको छ।” भण्डारीले महिलाको अस्मिता, आत्मसम्मान र डिजिटल सुरक्षाको प्रत्याभूति दिलाउन राज्यले कडाइका साथ कानुनी कार्यान्वयन गर्नुपर्ने माग राखेकी छन्।

भेटमा डीआईजी आचार्यले सो विषयमा प्रहरी प्रशासन गम्भीर रहेको र आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रियाहरू अघि बढाइने प्रतिबद्धता जनाउनुभएको छ ।