मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री : सुशीला कार्कीको उदय

नेपालले आफ्नो पहिलो महिला प्रधानमन्त्री पाएको छ । सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

जेन–जी समूहको आन्दोलनले उठाएको माग र असाधारण राजनीतिक परिस्थितिका कारण राष्ट्रपति पौडेलले दलहरू तथा सरोकारवालासँगको परामर्शपछि कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । यससँगै कार्कीले नेपालको इतिहासमा नयाँ कीर्तिमान कायम गर्नुभएको छ ।

प्रधानमन्त्री कार्कीको जन्म २००९ साल जेठ २५ गते शङ्खरपुर–३, विराटनगरमा भएको हो । महेन्द्र मोरङ कलेजबाट बिए गरेकी उहाँले २०३१ सालमा भारतको बनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभयो । त्यसपछि २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरी अधिवक्ताको रूपमा कानुन व्यवसाय सुरु गर्नुभएको थियो ।

कानुन पेशामा सक्रिय रहँदै उहाँ २०४५–२०४७ सालमा कोशी अञ्चल बार अध्यक्ष र २०५९–२०६१ सालमा विराटनगर पुनरावेदन बारको अध्यक्ष हुनु भयो । २०६१ सालमा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेकी कार्की २०६५ सालमा सर्वोच्च अदालतको अस्थायी न्यायाधीश र २०६७ सालमा स्थायी न्यायाधीश नियुक्त हुनुभयो । २०७३ सालमा उहाँ सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश बनेर १४ महिना जिम्मेवारी सम्हाल्नुभएको थियो ।

कार्कीले अमेरिका, बेलायत, श्रीलङ्का, जापान, चीन, भारत, तान्जानिया र नेदरल्याण्डलगायत देश भ्रमण गरिसकेकी छन् । नेपाली, अङ्ग्रेजी र हिन्दीमा दक्ष उहाँ निडर स्वभाव र सरल जीवनशैलीका कारण चर्चित छिन् ।