मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नागरिक  सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन् । 

शुक्रबार (पुस २५) ललितपुरमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले सो कुरा बताएका हुन् । 

गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रदेशका आन्तरिक मामिला मन्त्रीलगायतको उपस्थिति रहेको छ।

अर्यालले वर्तमान सरकारको पहिलो म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने रहेको बताए । त्यसैको तयारीस्वरूप सरकार निर्वाचनमा होमिइसकेकाले तोकिएकै मितिमा नै निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरे । 

त्यस्तै, जेनजी आन्दोलन सुशासन कायमका लागि भएको बताउँदै सुशासन कायम राख्न सरकार कटिबद्ध भएको पनि उनको भनाइ थियो । 

तोकिएको मितिमा निर्वाचन नभएमा देशले संकट सामना गर्नुपर्ने अवस्था आउनसक्ने बताउँदै मन्त्री अर्यालले सरकारको मनोबल बढाइदिन आग्रह गरे ।

मुख्यमन्त्री बानियाँले अहिलेको निर्वाचनमा विगतका निर्वाचनको समयमा जस्तो भय र त्रासको वातावरण नभएको तर अविश्वासको वातावरण भने कायम रहेको बताए ।