मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

अर्थमन्त्री पौडेल र विश्व बैंक उपाध्यक्ष जुटबीच भेटवार्ता

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया क्षेत्रीय उपाध्यक्ष जोहानेस जुटबीच भेटवार्ता भएको छ। अर्थ मन्त्रालयमा आज भएको भेटमा नेपालको अर्थतन्त्र, भौतिक पूर्वाधार, लगानी, पर्यटनलगायतका विषयमा छलफल गरिएको हो।

भेटमा अर्थमन्त्री पौडेलले पछिल्लो समयमा नेपालको आर्थिक सूचकहरू सुधारोन्मुख रहेको बताउँदै नीतिगत, संरचनागत र कार्यान्वयन तहमा आवश्यक सुधार भइरहेको जानकारी दिनुभयो।

त्यस क्रममा विश्व बैंक उपाध्यक्ष जुटले नेपालमा उच्च आर्थिक वृद्धिदर कायम गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै लगानी प्रवर्द्धनका लागि थप प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो।