मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

यूएईको गर्मीका कारण एशिया कप २०२५ खेल समय सरेको

संयुक्त अरब इमिरेट्स (यूएई) मा अत्यधिक गर्मीका कारण एशिया कप २०२५ का १९ मध्ये १८ खेलको समय आधा घण्टा ढिला तय गरिएको छ। अब खेलहरू स्थानीय समय अनुसार बेलुकी साढे ६ बजे शुरू हुनेछन्।

टी–२० ढाँचामा आयोजना हुने प्रतियोगिता सेप्टेम्बर ९ देखि २८ सम्म दुबई र अबुधाबीमा सञ्चालन हुनेछ। इमिरेट्स क्रिकेट बोर्डका अनुसार सेप्टेम्बर १५ मा यूएई र ओमानबीचको खेल अबुधाबीको जायद क्रिकेट रंगशालामा दिउँसो ४ बजे हुनेछ। यो प्रतियोगितामा दिउँसो हुने एकमात्र खेल हो।

एशिया कपमा ८ देश सहभागी छन्। समूह ‘ए’ मा भारत, ओमान, पाकिस्तान र यूएई छन् भने समूह ‘बी’ मा अफगानिस्तान, बङ्गलादेश, हङकङ र श्रीलङ्का रहेका छन्।