मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

"उत्तर कोरियाद्वारा दुई नयाँ हवाई प्रतिरक्षा मिसाइल परीक्षण, किम जोङको प्रत्यक्ष अवलोकन"

उत्तर कोरियाले दुई नयाँ हवाई प्रतिरक्षा मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाली समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, परीक्षण गरिएका मिसाइलले ड्रोन र क्रुज मिसाइलजस्ता हवाई लक्ष्य नष्ट गर्ने क्षमता राख्छन् ।

यस परीक्षणलाई नेता किम जोङ उनले प्रत्यक्ष अवलोकन गरेका थिए । उनले अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासको आलोचना गर्दै आणविक हतियार भण्डार अझै विस्तार गर्ने अभिव्यक्ति दिँदै आएका छन् ।

सुरक्षा विज्ञहरूले उत्तर कोरिया र रूसबीच मिसाइल प्रविधि आदानप्रदान भइरहेको आशंका व्यक्त गरेका छन् । यस्तै, उत्तर कोरियाले लगातार आफ्नो मिसाइल परीक्षण तीव्र पारिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युंगबीच वाशिङटनमा शिखर बैठकको तयारी समेत भइरहेको छ ।