मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

नेप्से परिसूचक ९.१६ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

दुई दिनको गिरावटपछि आज शेयर बजार सामान्य उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ९ दशमलव १६ अंकले बढेर २,७७० दशमलव ३९ बिन्दुमा पुगेको छ।

आज म्युचुअल फन्ड र अन्य बाहेकका सबै समूहको शेयर मूल्य वृद्धि भएको छ। तीमध्ये व्यापार समूहको शेयर सबैभन्दा बढी १.२९ प्रतिशतले बढेको छ। कम्पनीगत कारोबार हेर्दा, युनियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज ६.१० प्रतिशतले उकालो लागेको छ भने सम्पदा लघुवित्त कम्पनीको शेयर भने ४.८१ प्रतिशतले घटेको छ।

बजार सूचकांकमा वृद्धि भए पनि कारोबार रकम भने घटेको छ। हिजो ७ अर्ब ७३ करोड रुपैयाँको कारोबार भए पनि आज ३२० कम्पनीका १ करोड ५२ लाख कित्ता शेयर ६ अर्ब १७ करोड रुपैयाँमा मात्रै किनबेच भएको छ।