अर्जेन्टिनी स्टार लियोनल मेस्सी आवद्ध इन्टर मियामीलाई हराउँदै सिएटल साउन्डर्सले लिग्स कपको उपाधि हात पारेको छ।
गएराति अमेरिकाको लुमेन फिल्डमा भएको फाइनलमा साउन्डर्सले मियामीलाई ३–० गोलले पराजित गर्यो। विजेताका लागि ओसाजे डे रोजारियो, एलेक्स रोदान र पल रोथरकले गोल गरेका थिए।
फाइनल खेल सकिएलगत्तै मैदानमा दुई टोलीका खेलाडीबीच विवाद भएको थियो। तर केही समयमा अवस्था सामान्य बनेपछि दुवै टोलीका खेलाडीहरू ट्रफी वितरण समारोहमा सहभागी भए।
