मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

मुस्ताङ कागबेनी बजारका ३१ घर बाढीले बगायो

काठमाडौं। मुस्ताङको कागबेनी बजार जलमग्न भएको छ। बारागुङ मुक्तिनाथ क्षेत्र गाउँपालिका-४ स्थित कागखोलामा आएको बाढीले बजार डुबाएको हो।

स्थानीयलाई बजारभन्दा ५ सय मिटरमाथि सुरक्षित स्थानमा सारिएको नेपाली सेनाले जनाएको छ।

 

नेपाली सेनाका अनुसार कागबेनी लोमान्थाङ जाने एउटा पक्की पुल, झोलुङ्गे पुल र एउटा काठको पुल बगाएको छ।

३१ घटा घर पनि बगाएको नेपाली सेनाले जनाएको छ।