मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

साफ १७ वर्षमुनि च्याम्पियनसिप खेल्न नेपाली टोली श्रीलंका प्रस्थान

दक्षिण एसियाली फुटबल महासंघ (साफ) १७ वर्षमुनिको च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय टोली आज (शुक्रबार) श्रीलंका प्रस्थान गरेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक विशेष कार्यक्रममार्फत टोलीलाई बिदाइ गरेको थियो। प्रतियोगिता श्रीलंकाको राजधानी कोलम्बोमा आगामी आइतबार (सेप्टेम्बर १५) देखि सेप्टेम्बर २७ सम्म सञ्चालन हुनेछ।

नेपाल समूह ‘ए’ मा रहेको छ। समूह चरणमा नेपालले पहिलो खेल घरेलु टोली श्रीलंकाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। खेल आइतबार (सेप्टेम्बर १५) का लागि तय गरिएको छ।

त्यसपछि नेपालले दोस्रो खेल आउँदो बुधबार (सेप्टेम्बर १८) मा बंगलादेशसँग खेलेर समूह चरण सम्पन्न गर्नेछ।

यसपटकको साफ १७ वर्षमुनि च्याम्पियनसिपमा दुई समूह रहेका छन्। समूह ‘ए’ मा नेपाल, श्रीलंका र बंगलादेश छन् भने समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान रहेका छन्।