मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

आगजनीमा आधा स्मार्ट लाइसेन्स जले, डेटा भने सुरक्षित

जेनजी आन्दोलनका क्रममा मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी हुँदा पनि स्मार्ट लाइसेन्सको डेटा सुरक्षित रहेको विभागका कर्मचारीले जनाएका छन्।

आगजनीमा स्मार्ट लाइसेन्स छाप्ने मेसिन, इम्बोस्ड नम्बरका डेटा र छापिसकेका १२ लाखमध्ये करिब ६ लाख थान लाइसेन्स जलेर नष्ट भएका छन्। बाँकी ६ लाख थान भने सुरक्षित छन्।

कर्मचारीका अनुसार ब्याकअपमा रहेको डेटा रिकभर गरेर सेवा पुनः सुरु गर्न सकिने अवस्था छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अत्यावश्यक लाइसेन्स राष्ट्रिय परिचयपत्र छाप्ने मेसिनमार्फत उपलब्ध गराइने जानकारी दिनुभयो। विभागका अनुसार हाल अझै २५ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी छ।