मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

बञ्चरेडाँडाको फोहोर समस्या समाधानका लागि मन्त्री घिसिङको अनुगमन

काठमाडौँ उपत्यकामा पछिल्ला दिनहरूमा फोहोर व्यवस्थापन गम्भीर समस्या बनेको छ। यही पृष्ठभूमिमा शहरी विकासमन्त्री कुलमान घिसिङ आज बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइट पुग्नुभएको हो।

उहाँले स्थानीय प्रशासन, फोहोर व्यवस्थापनसँग सम्बन्धित निकाय र स्थानीय प्रतिनिधिहरूसँग विस्तृत छलफल गर्नुभएको छ।

काठमाडौँ महानगरपालिका र अन्य पालिकाबाट दैनिक करिब एक हजार दुई सय टनभन्दा बढी फोहोर उत्पादन हुँदै आएको छ। सिसडोल ल्याण्डफिल्ड साइटको क्षमता सिमित भएपछि बञ्चरेडाँडालाई वैकल्पिक साइटका रूपमा विकास गरिएको थियो।

अनुगमनका क्रममा मन्त्री घिसिङले फोहोर व्यवस्थापनका लागि तयार गरिएका पूर्वाधार, विसर्जन प्रक्रिया तथा वातावरणीय प्रभावबारे प्रत्यक्ष जानकारी लिनुभयो।