मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबलका लागि तयारी पूरा, टिकट बिक्री सुरु

अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) ले बङ्गलादेशसँगको मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि तयारी पूरा भएको जनाएको छ।

एन्फाले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा भदौ २१ र २४ गते हुने खेलका लागि सबै तयारी पूरा भएको जानकारी गराएको हो। प्रतियोगिताका टिकट सामान्य पारापिटतर्फ ५ सय रुपैयाँ र भीआईपी पारापिटतर्फ १ हजार रुपैयाँमा उपलब्ध हुने एन्फाले जनाएको छ।

पत्रकार सम्मेलनमा प्रवक्ता सुरेश शाहले बङ्गलादेशको राष्ट्रिय टोली पर्सि नेपाल आइपुग्ने र उनीहरूको अभ्यासका लागि भद्रकालीस्थित नेपाली सेनाको खेलमैदान तथा ललितपुरको च्यासल रंगशालाको व्यवस्था गरिएको जानकारी दिनुभयो।

प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने छ भने खेलको अनुमानित बजेट १ करोड २७ लाख रुपैयाँ रहेको एन्फाले जनाएको छ।