काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–७ स्पेसल चोकमा गएराति मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
सिराहा जन्दहका २९ वर्षीय भोला थापाको उपचारको क्रममा बिहान निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिनुभयो। अर्का मृतकको भने अहिलेसम्म पहिचान खुल्न बाँकी छ।
दुर्घटनामा बागमती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर र मधेश प्रदेश ०२–००२ प ५७२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनापछि मृतक दुवैजनाको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
घटनाको बेला स्कुटरमा दुई र मोटरसाइकलमा तीन जना सवार रहेका थिए। घाइतेहरूमध्ये तीन जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।
