मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

सुन तोलाको २ लाख ४८ हजार ९०० पुग्दा चाँदीको मूल्य घट्यो

सुनको मूल्य आज अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेर तोलाको २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ। हिजो यो मूल्य २ लाख ४८ हजार ५०० रुपैयाँ थियो।

यता, चाँदीको मूल्यमा भने गिरावट आएको छ। आज चाँदी तोलामा ८५ रुपैयाँले घटेर तोलाको ३ हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य ३ हजार ३२५ रुपैयाँ थियो।