मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

नाडा अटो शो : यी हुन् १८ लाख ९९ हजारदेखि १ करोड ६८ लाखसम्मका ईभी

काठमाडौं । आजदेखि १६औँ संस्करणको नाडा अटो शो शुरु भएको छ । मंगलबार बिहान अर्थमन्त्री विष्णु पौडेलले अटो शोको उद्घाटन गरे ।

नाडा अटोमावाइल्स एशोसिएश अफ नेपालको आयोजनामा भदौ १६ गतेसम्म चल्ने यस वर्ष नाडा अटो शोमा टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सह–प्रायोजकको रूपमा छन् ।  

यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ दुई पाङ्गे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिएको छ । ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् ।  

यसपटकको नाडा अटो शो ईभीमय भएको छ । नयाँ र केही समय पहिले भित्रिएका विद्युतीय सवारीसाधन प्रदर्शनीस्थलमा सोकेश गरिएका छन् ।

प्रदर्शनीमा सबैभन्दा कम मूल्यको डीएफसके मिनी ईभी सोकेश गरिएको छ । जसको मूल्य १८ लाख ९९ हजार रुपैयाँ रहेको छ । त्यसपछि काइबीको मूल्य २३ लाख ९६ हजार रहेको छ । ३० लाखदेखि ३५ लाख रुपैयाँसम्मका नामी गाडी पनि अटो शोमा सोकेश गरिएका छन् ।

प्रदर्शनीस्थलमा रहेका स्टलमा सार्वजनिक भएका टाटा पञ्च ईभीको मूल्य  ३३ लाख ९९ हजारदेखि ३८ लाख ९९ हजार रुपैयाँ, लिपमोटर सी १० को ६७ लाख ९९ हजार रुपैयाँ, जेको ब्राण्डको एसयुभी जे सिक्सको ६६ लाख ९९ हजार, लक्जरी एसयूभी जिकर एक्सको मूल्य रियर ह्विलर र अल ह्विल ड्राइभ भेरियन्टमा क्रमश: ९० लाख र १ करोड ६० लाख रुपैयाँ तोकिएको छ ।

मिडियम रेन्ज ४० लाखदेखि ७० लाख रुपैयाँसम्मका गाडीहरू बीवाईडी, एमजी, महिन्द्रा, ओमोडा, हुण्डाई, सुजुकी, जेको, नेटा, टाटालगायतले सोकेश गरेका छन् । प्रिमियम लेभलमा एमजी, अवतार बीवाईडी, स्काईवेल, जिकर, कियालगायतका ब्राण्डबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रदर्शनीमा राखिएका गाडीमा अवतार ११ को १ करोड ४५ लाख तोकिएको छ । सबैभन्दा महँगो मूल्यको गाडीका रुपमा एमजीले ल्याएको साइवस्टर रहेको छ । जसको मूल्य १ करोड ६८ लाख रुपैयाँ तोकिएको छ ।