मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

स्वास्थ्य कारणले मोहन वैद्य ‘किरण’ले छोडे क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिव पद

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरणले आफ्नो पदबाट स्वेच्छिक राजीनामा दिएका छन्। उनले स्वास्थ्यलगायत व्यक्तिगत कारण देखाउँदै महासचिव पदबाट हट्ने निर्णय गरेका हुन्।

८० वर्षीय वैद्यले पार्टीको नेतृत्व लामो समयसम्म सम्हालेका थिए। उनका स्थानमा पार्टीले सीपी गजुरेललाई नयाँ महासचिव बनाउने निर्णय गरेको छ। गजुरेलले अनलाइनखबरसँग कुरा गर्दै भने, “किरण जी लामो समयदेखि महासचिव हुनुहुन्थ्यो, तर स्वास्थ्यका कारण सक्रिय भूमिका निभाउन कठिन भएकोले केन्द्रीय समितिले मलाई महासचिवको जिम्मेवारी दिएको हो। उहाँ अब सल्लाहकार तथा विशेष कमिटीमा रहनुहुन्छ।”

मोहन वैद्यले २०६९ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी पार्टीबाट विद्रोह गरी नयाँ पार्टी ‘नेकपा (माओवादी)’ गठन गरेका थिए। त्यसपछि विभिन्न विभाजन र एकीकरणका चरण पार गर्दै उनले २०८१ मंसिरमा सम्पन्न एकता महाधिवेशनपछि बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवको जिम्मेवारी सम्हालेका थिए।

वैद्यको राजीनामासँगै पार्टीमा नयाँ नेतृत्व संरचना गठन हुने र आगामी राजनीतिक दिशाबारे छलफल तीव्र हुने अनुमान गरिएको छ।